ट्र्याक्टर दुर्घटना हुँदा अर्घाखाँचीमा एक जनाको ज्यान गयो

 फागुन १८, २०७८ बुधबार १८:५:३१ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको मालारानीमा आज बुधवार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मालारानी गाउँपालिका ४ नुगाली टोलामा लु ४ प २७९१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा स्थानीयवासी २७ वर्षीय कमल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।

ट्रयाक्टर दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

ट्र्याक्टरमा चालकसहित तीन जना रहेकामा एक जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै सामान्य घाइते भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया