गुनासोकर्तामध्ये झण्डै १२ हजार लाभग्राही सूचीमा कायम

 भदौ २९, २०७५ शुक्रबार १६:४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गुनासोकर्तामध्ये झण्डै १२ हजार भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको छ । 

कार्यकारी समितिको बैठकले भूकम्प अति प्रभावित १४ जिल्ला र भूकम्प कम प्रभावित १६ जिल्लाबाट २०७४ मंसिर मसान्तसम्म दर्ता भएका १३ हजार ३ सय ७९ गुनासो फर्छ्यौट गरी २ हजार तीन सय ४५ जनालाई अनुदान योग्य लाभग्राही कायम गरेको हो । त्यस्तै बैठकले ९ हजार ८ सय ३७ गुनासोकर्तालाई प्रबलीकरण लाभग्राहीमा सूचीकृत गर्ने निर्णय पनि गरेको छ । 

त्यसैगरी ८ सय ५९ गुनासोकर्तालाई सम्भावित लाभग्राही कायम गरेको छ । त्यसैगरी प्रभावित १६ जिल्लाका ३ हजार ६ सय १७ गुनासोकर्ताको स्थलगत प्रमाणीकरण गर्ने, २ सय २० जनाको अर्को स्थानमा बस्न योग्य घर भए/नभएको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराउने निर्णय पनि गरेको छ । 

पुनर्निर्माण लाभग्राहीले आफ्नो घर पुनर्निर्माण गर्न प्राधिकरणबाट तीन किस्तामा तीन लाख र प्रबलीकरण लाभग्राहीले दुई किस्तामा एक लाख रुपैयाँ अनुदान पाउँछन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया