पोखरा प्रिमियर लिगको प्रत्यक्ष प्रशारण हिमालयन टेलिभिजनबाट

 भदौ २९, २०७५ शुक्रबार १८:१७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पोखरा प्रिमियर लिग (पीपीएल)को प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनबाट हुने भएको छ ।

पोखरा प्रिमियर लिगको प्रत्यक्ष प्रशारणका रुपमा हिमालय टेलिभिजनसँग आज सम्झौता भएको हो । सम्झौता अनुरुप हिमालय टेलिभिजनले ३ वर्ष प्रशारण गरेबापत नगद र अन्य गरी ३ करोड ७० लाख रुपैयाँ प्रदान गर्नेछ । हिमालय टिभीले टेलिभिजन र सम्पूर्ण डिजिटल अधिकार प्राप्त गरेको छ ।

कात्तिक ९ गतेबाट सुरु हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ । विभिन्न व्यावसायिक घरानाको लगानी हुने प्रतियोगिताको मुख्य प्रायोजक तथा अन्य प्रायोजकसँग चाँडै सम्झौता हुने बताइएको छ ।

प्रतियोगितामा विदेशी खेलाडीका साथै स्थानीय खेलाडीले हरेक टिममा राख्ने व्यवस्था गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया