अाफूले भनेकाे निर्माताले नमानेपछि फिल्म नै बहिस्कार गरे शाहरुखले

 भदौ २९, २०७५ शुक्रबार १८:२८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

यसअघि सार्वजनिक खबर अनुसार बलिउड अभिनेता शाहरुख खान दक्षिण भारतीय सुपरहिट फिल्म ‘विक्रम वेधा’ को हिन्दी रिमेकमा काम गर्ने बताइएको थियो । 
साथै उनी यस फिल्मको बारेमा निर्देशक नीरज पाण्डेसँग कुराकानी तथा छलफल गरिरहेका थिए । 

शाहरुखले यस फिल्मको हिन्दी रिमेकमा आफू दक्षिण भारतीय संस्करणमा विजय सेथुपथीले निर्वाह गरेको ग्याङ्गस्टरको भूमिकामा काम गर्न चाहेको बताएका थिए ।
यता फिल्मका निर्माताहरु भने शाहरुखलाई यसको हिन्दी रिमेकमा आर.माधवनले निर्वाह गरेको प्रहरीको भूमिका निर्वाह गर्न भनिरहेका थिए । 

तर शाहरुख भने ग्याङ्गस्टरकै भूमिकामा काम गर्ने भनेपनि निर्माताहरुले आनाकानी गरिरहेका थिए । केही समयपछिको छलफलको निष्कर्षमा निर्माताहरुले शाहरुखको प्रस्ताव स्वीकारेका थिए । 

 

साथै शाहरुख खानले नकारात्मक भूमिका निर्वाह गर्ने भएपछि फिल्ममा प्रहरीको भूमिकामा यसअघि दक्षिणको ओरिजिनल फिल्ममा प्रहरीको भूमिका निर्वाह गरेका आर. माधवनलाई नै हिन्दी रिमेकमा पनि प्रहरीकै भूमिका दिइने बताइएको थियो । 

यि सबै कुरा मिलिसकेपछि शाहरुखल ‘विक्रम वेधा’ फिल्ममा देखिने भन्ने खबर पनि आए । तर अहिले सार्वजनिक भएका खबरहरु अनुसार शाहरुख खानले यस फिल्मबाट हात झिकिसकेका छन् । शाहरुख खान अब फिल्म ‘विक्रम वेधा’ को हिन्दी रिमेकमा देखिने छैनन् । 

शाहरुखले फिल्म छोड्नुको कारण यस फिल्मका निर्देशकलाई मानिएको छ । 

खबरहरुका अनुसार यस फिल्मको निर्देशन यसअघि दक्षिण भारतीय संस्करणको निर्देशन गरिसकेका निर्देशक जोडी पुष्कर र गायत्रीले नै गर्ने भएपछि शाहरुखलाई चित्त नबुझेको हो । 

शाहरुख यस फिल्मको हिन्दी रिमेक निरज पाण्डे स्वयमले गरुन भन्ने चाहन्थे । तर निर्माताहरुले शाहरुखको यस प्रस्तावलाई मान्न तयार भएनन् । निर्माता र शाहरुख खानबीच यसै कुरामा विवाद भएका कारण शाहरुखले यस फिल्मलाई नै बहिस्कार गरिदिए । 

अब शाहरुख खानले छोडेको यस फिल्ममा ग्याङ्गस्टरको भूमिकामा बलिउडका कुन अभिनेता देखिनेछन् त्यो हेर्न निकै रोचक हुनेछ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया