सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक राजुकाजी शाक्यलाई च्यासल युवा क्लबले मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरिएको छ ।
करिब चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि शाक्यलाई असोज १ गतेदेखि लागू हुनेगरी क्लबका मुख्य प्रशिक्षकमा नियुक्त गरिएको क्लबले जनाएको छ । प्रशिक्षक शाक्यले राष्ट्रिय फुटबल टोलीका साथै मनाङ–मर्स्याङ्दी क्लब र एनआरटी क्लबको प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । च्यासल यसै सिजनमा ए डिभिजनमा उक्लिएको हो ।
आउँदो असोज १४ गतेदेखि सुरु हुने लिग करिब पाँच महिनासम्म चल्नेछ । लिगमा १४ ‘ए’ डिभिजन क्लबको सहभागिता रहनेछ । यस पटकको लिगमा रेलिगेशन नभए पनि एन्फाले बटम तीन क्लबको अङ्क घट्ने र आर्थिक रूपमा पनि केही रकम कटौती गर्ने जनाएपछि ए डिभिजन क्लबहरु धमाधम खेलाडी र अनुभवी प्रशिक्षक नियुक्त गर्न थालेका छन् ।