२०१९ को चुनावमा बीजेपीलाई हराइएन भने हामी सबैले पकौडा बेच्नुपर्छ : अखिलेश यादव

 भदौ ३०, २०७५ शनिबार ७:०:७ | एजेन्सी
unn.prixa.net

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टी(एसपी) का अध्यक्ष अखिलेश यादवले भारतीय जनता पार्टी(बीजेपी) को कडा आलोचना गरेका छन् । 

एसपीको ‘सामाजिक न्याय एवम प्रजातन्त्र बचाऔँ, देश बचाऔँ’ साइकल र्यालीलाई शुक्रबार उत्तर प्रदेशको सैफईमा सम्बोधन गर्दै यादवले आउँदो चुनावमा जुनसुकै हालतमा बीजेपीलाई हराउनुपर्ने बताए । उनले भने, ‘यदि २०१९ को संसदीय चुनावमा बीजेपीलाई हराउन सकेनौँ भने हामी सबैले पकौडा बेच्नुपर्नेछ । प्रधानमन्त्री त भन्ने गर्छन्, नालीबाट ग्यास निस्कन्छ जसबाट रोजगार पैदा हुन्छ ।’

अखिलेश यादव त्यतिमै रोकिएनन् । उनले अगाडि थपे, ‘२०१९ हामी सबैका लागि राम्रो अवसर छ । यदि यो चुनावमा तपाईँ सफल हुनु भएन भने एउटा नाली र कराई खोज्नु अनि हामी सबै मिलेर पकौडा तारौँला ।’

बीजेपी हराउने अभियान सुरु भैसकेको भन्दै लोकतन्त्र नै समाप्त पार्ने काम गरिरहेको बीजेपीलाई जिताउन नहुने एसपी अध्यक्ष यादवले बताए । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया