नवलपरासीमा ट्रक दुर्घटना : चालक र ट्रकधनीको ज्यान गयो

 भदौ ३०, २०७५ शनिबार ७:५८:३९ | उज्यालो सहकर्मी

नवलपरासी – नवलपरासीमा ट्रक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । 

शुक्रबार राति भैरहवाबाट काठमाडौंका लागि छुटेको ना ५ ख ७८ ९७ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रक चालक कुमार प्रजा र ट्रक धनी आशिष पौडेलको उपचारको लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । 

ट्रकका सहचालक दिपेश कटुवालको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया