रियल मड्रिड एथ्लेटिको बिल्वाओसँग बराबरीमा रोकियो

 भदौ ३१, २०७५ आइतबार ८:८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा फुटबलमा युरोपेली च्याम्पियन रियल मड्रिड एथ्लेटिको बिल्वाओसँग एक–एक गोलको बराबरीमा रोकियो । 

खेलको ३२औं मिनेटमा मुनियनले गोल गर्दै घरेलु टोली एथ्लेटिको बिल्वाओलाई अग्रता दिलाएका थिए । तर, ६३औं मिनेटमा इस्कोले रियल मड्रिडका लागि बराबरी गोल फर्काए । 

त्यसयता गोल हुन सकेन र खेल बरारीमा सकियो । लिगमा चार खेल सकिँदा रियलको १० अंक भएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया