हिन्द महासागरमा ‘तातो दिन’ १० गुणा बढ्ने
बैशाख २४, २०८१ सोमबार
इजरायलमा सन् २०२१ मा विद्युतीय कार प्रयाेग गर्नेको सङ्ख्या झण्डै चार सय प्रतिशतले वृद्धि भएको छ । इजरायलको केन्द्रीय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सन् २०२० मा इजरायलमा दुई हजार सात सय ८३ वटा विद्युतीय कार रहेकामा सन् २०२१ को अन्त्यमा विद्युतीय कारको सङ्ख्या १३ हजार नौ सय ३९ पुगेको छ ।
यस्तै सन् २०२० मा ट्रक, बस र मोटरसाइकलसहित कुल चार हजार चार सय ९१ वटा विद्युतीय सवारी साधन रहेकोमा सन् २०२१ को अन्त्यमा १६ हजार दुई सय ५१ पुगेको छ । बढ्दो पेट्रोलियम मूल्य र जलवायु परिवर्तनको असरबारे सचेतना अभिवृद्धिका कारण इजरायलमा नयाँ विद्युतीय सवारी किन्ने तथा आफूसँग भएका सवारी साधनलाई अपग्रेड गरेर विद्युतीय बनाउने क्रम बढेको इजरायलका अधिकारीलाई उदृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।