उदयपुरमा बालिका मृत्यु प्रकरण : हत्या भएकाे हुन सक्ने प्रहरीकाे अनुमान, २ जना पक्राउ

 चैत २२, २०७८ मंगलबार १५:५:५९ | सुमित्रा कोइराला
unn.prixa.net

साङ्केतिक तस्बिर

उदयपुर – उदयपुरको बेलका नगरपालिका ३ बुद्धचाेककी १५ वर्षीया कविता सुनुवारको मृत्यु प्रकरणमा अनुसन्धान थालेको प्रहरीले दुई जनालाई नियन्त्रण गरेको छ । प्रहरीले नियन्त्रणमा  लिएकाहरूको विवरण भने सार्वजनिक गरेको छैन ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) तेजप्रसाद दाहालले अनुसन्धानका लागि दुई जनालाई केही बेरअघि नियन्त्रणमा लिइएको जानकारी दिनुभयाे । ‘घटनाको अनुसन्धान गरिरहेका छौँ, उहाँले भन्ननुभयो, ‘अनुसन्धानका क्रममा दुई जना युवकलाई नियन्त्रणमा लिएका छौँ ।’ 

ट्युशन जान भनेर घरबाट निस्केकी कविता आज मङ्गलवार बिहान मृत भेटिएकी थिइन् । जशाेधा खोलाको किनारमा काठका मुढाहरू थुपारिएको ठाउँमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हाे । उनको हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान थालेको छ ।

स्थानीयवासीले बालिकाको मृत्यु नभइ निर्मम हत्या भएकाले निष्पक्ष छानबिनको हुनुपर्ने भन्दै नाराबाजी गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया