अपराध पीडितलाई सरकारले न्याय दिन्छ: मन्त्री ढकाल

 भदौ ३१, २०७५ आइतबार १४:५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - प्रतिनिधिसभाको आईतबारको बैठकले ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ पारित गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेश गर्नु भएको सो विधेयक सर्वसम्मतिले पारित गरिएको हो ।

यस अघि विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले अपराध पीडितलाई न्याय दिने गरी कानुनी व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको थियो ।

यता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले अपराध पीडितलाई न्याय दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । सरकारले अपराध पीडितलाई संरक्षण गर्ने उद्देश्यका साथ सो विधेयक प्रतिनिधिसभामा पेश गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया