हलेसीको मन्दिरमा लागेको ताला खुलेन

 भदौ ३१, २०७५ आइतबार १४:५५:२० | दमन राई

खोटाङ – खोटाङको धार्मिकस्थल महादेबस्थानको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागाएको ताला ६ दिन बित्दा समेत खुल्न सकेको छैन ।

हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति अस्तित्वमा आएपछि विवाद हुँदा कार्यालयमा ताला लागेको हो । ताला अझै खुल्न सकेको छैन । नगरपालिकाले सिफारिस गरेको समितिका अध्यक्ष हर्कराज राईलगायतले हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा भदौ २६ गते ताला लगाएको हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानका वडासदस्य डिल्ली चामलीङले बताउनुभयो ।

नगरपालिका र प्रशासनको सिफारिसमा गुठी संस्थानले बनाएको दुवै मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा हर्कराज भए पनि अन्य पदाधिकारी र सदस्य हेरफेरले समस्या निम्तिएको हो । 

हर्कराज लगायतका ५ जनाले गुठी संस्थानले स्वीकृत गरेको समितिबाट राजीनामा दिएर नगरपालिकाले सिफारिस गरेको समितिकातर्फबाट भदौ २४ गते कार्यभार सम्हालेको दोश्रो दिन नेकपा निकटका पदाधिकारीले पनि पदभार ग्रहण गरेपछि कांग्रेस समर्थक समूहबाट ताला लगाइएको हो ।

कांग्रेस निकटका पदाधिकारी नगरपालिकाले सिफारिस गरेको व्यवस्थापन समितिलाई मान्यता दिनुपर्ने पक्षमा र नेकपा निकट पदाधिकारी गुठी संस्थानले स्वीकृत गरेको समितिलाई कार्यान्वयन गर्नुपर्ने पक्षमा उभिएपछि विवाद चुलिएको हो । 
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया