काठमाडौंमै युवतीको सामूहिक बलात्कार, तीनजना पक्राउ

 असोज २, २०७५ मंगलबार १५:७:४२ | उज्यालो सहकर्मी

काठमाडौं - काठमाडौंको कलंकीमा एक युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा मंगलबार तीनजना पक्राउ परेका छन् ।

बलात्कारको अभियोगमा काठमाडौं, नागार्जुन नगरपालिका वडा नम्बर-७, का सूर्य राना, नागार्जुनकै भीमढुङगामा होटल सञ्चालन गर्दै आएका रामकृष्ण नगरकोटी र नुवाकोट रालुकादेवी गाउँपालिकाका अर्जुन लामा पक्राउ परेका हुन् ।

स्युटाचारको गोदामचौरबाट युवती हराएको निवेदन दर्ता भएपछि खोजी गर्दा ती युवती रामकृष्णले सञ्चालन गरेको होटलमा भेटिएपछि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ ।

राती १० बजे हराएकी युवती १२ बजेतिर होटलमा बलात्कृत अवस्थामा भेटिएको र अहिले युवतीलाई स्वास्थ्य परीक्षणका लागि लगिएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया