पहेँलो वस्त्रधारी साधुलाई अर्घाखाँची प्रवेशमा रोक

 असोज २, २०७५ मंगलबार १६:२७:२ | प्रेमनारायण आचार्य
unn.prixa.net

सन्धिखर्क – पहेँलो कपडामा भारतका विभिन्न शहरबाट आउने साधुलाई अर्घाखाँची प्रवेशलाई रोक लगाइएको छ ।

भारतबाट आएर हात हेर्ने तथा ग्रह दशा हेर्ने नाममा सोझासाझा नागरिकलाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले साधुलाई जिल्ला आगमनमा रोक लगाएको हो ।

विभिन्न व्यक्तिहरुको हजारौं रुपैयाँ ठगी गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गर्दा उनीहरुले विभिन्न नाममा ठगी गरेकोले र एकपटकको लागि सम्झाइ–बुझाई फिर्ता पठाएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

विभिन्न कार्यालय र संघसंस्थाबाट प्रमाणपत्र समेत लिएर हिँडेका  पहेँलो वस्त्रधारी भारतीय नागरिकले सोझासाझा व्यक्तिको भविष्यवाणी गरिदिने भन्दै भ्रममा पारेर ठगी गरेको प्रहरीको भनाई छ ।

भविष्यवाणी गर्नेहरुप्रति विश्वास नगर्न समेत जिल्ला प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ । साथै कुनै पनि अपरिचित व्यक्ति आएमा जिल्ला प्रहरी कार्यालयमा जानाकारी दिन समेत प्रहरी निरीक्षक खिमबहादुर घर्तीले आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया