लमजुङ : मतगणना स्थलमा सीसी क्यामेरा र तारजाली

 बैशाख २९, २०७९ बिहिबार १९:१७:४० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा पालिका चुनावको तयारी पूरा भएको छ । भोलि (शुक्रवार) हुने पालिका चुनाव सुरक्षित, मर्यादित र भरपर्दोमा रूपमा सम्पन्न गर्नका लागि जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले जानकारी दिनुभयो ।

निर्वाचन आयोगको निर्देशनअनुसार सबै पालिकाका मतगणना स्थलमा सीसी क्यामेरा जडान र तारजाली लगाइएको उहाँले बताउनुभयो । आज बिहीवार सुरक्षा टोलीले जिल्लाका विभिन्न मतगणना स्थलको अनुगमनसमेत गरेको छ ।

स्वच्छ, निष्पक्ष रूपमा चुनाव सम्पन्न गर्नका लागि लमजुङमा संयुक्त रूपमा सुरक्षा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुुसार जिल्लामा पाँच सयभन्दा बढी प्रहरी, चार सयभन्दा बढीसेना, दुई सयभन्दा बढी सशस्त्र प्रहरी र नौ सय ८७ म्यादी प्रहरी खटाइएको छ । 

प्रत्येक गाउँपालिकामा नेपाल प्रहरीका दुई वटा, सशस्त्र प्रहरीका तीन वटा गरी पाँच वटा मोबाइल टोली, नेपाली सेनाका २५ वटा मोबाइल टोली खटिएका छन् । 

चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा एक सय २३ मतदान स्थल र एक सय ८२ मतदान केन्द्र रहेका छन् । 

लमजुङमा एक लाख ३१ हजार चार सय ९४ जना मतदाता रहेका छन् । पालिका चुनावमा नगरपालिका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विभिन्न राजनीतिक दल, स्वतन्त्र गरी एक हजार ४१ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया