एकीकृत समाजवादीकाे विजय जुलुसमा एमाले कार्यकर्ताद्वारा ढुङ्गामुढा

 जेठ ३, २०७९ मंगलबार १७:४८:४३ | डीबी बिष्ट
unn.prixa.net

फाइल फाेटाे

बझाङ – बझाङको थलारा गाउँपालिका वडा नम्बर ९ मा विजय जुलुस मनाउने क्रममा ढुङ्गामुढा प्रहार हुँदा आठ जना घाइते भएका छन् ।

थलारा गाउँपालिकाको वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीले जितेपछि विजय जुलुस मनाउने क्रममा एमालेका कार्यकर्ताले ढुङ्गामुढा गरेका थिए । ढुङ्गामुढा गर्दा एकीकृत समाजवादीका आठ जना घाइते भएका हुन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर  छ । घटनास्थल वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।  

थलाराको वडा नम्बर ९ मा एकीकृत समाजवादीका लोकेन्द्रबहादुर विष्ट ४ सय ८७ मत ल्याएर विजयी बन्नुभएको हो  भने उहाँका प्रतिस्पर्धी एमालेका हिराप्रकाश भण्डारीले चार सय ३८ मत ल्याउनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया