ढोरपाटन राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता: पाल्पा र ढोरपाटन क्वार्टर फाइनलमा

 असोज ३, २०७५ बुधबार १९:२:० | उज्यालो सहकर्मी

काठमाडाैं - पाँचौं ढोरपाटन राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा जित हात पार्दै पाल्पा र ढोरपाटन भलिबल क्लब क्वार्टर फाइनलमा पुगेका छन् ।

एपीएफ क्लब र बडिगार्ड क्लब पनि अन्तिम आठमा पुग्न सफल भएका छन् ।

समूह डी अन्तर्गतको खेलमा पाल्पाले चितवन टागर्सलाई ३–१ को सेटमा हराउँदै समूह उपविजेताका रुपमा क्वार्टर फाइनलमा पुग्यो । पहिलो सेट २२–२५ ले गुमाएको पाल्पाले पछिल्लो तीन सेटमा २५–१७, २५–२१ र २५–१९ को जित निकाल्यो ।

यस्तै एपीएफले सुर्योदय क्लबलाई ३–० को सेटमा हराउँदै समूह बीको विजेता बन्यो । एपीएफले सुर्योदयलाई २५–४, २५–१४ र २५–१० ले हराएको थियो ।

यसै समूहबाट बडिगार्ड क्लब उपविजेता बन्यो । अन्तिम खेलमा बडिगार्डले ग्लेसियर कलेजलाई २५–२३, २५–१५ र २५–२१ ले पाखा लगायो । ढोरपाटन प्रशिक्षण क्लब र बुढानिलकण्ठले भने वाकओभर पाउँदै आ–आफ्नो समूहको उपविजेता बने ।

यसअघि समूह ए बाट गीताञ्जली कलेज, समूह सीबाट थ्रीस्टार एकेडेमी र समूह डी बाट गण्डकी प्रदेश क्वार्टर फाइनलमा पुगिसकेका छन् ।

प्रतियोगिताको क्वार्टर फाइनल खेल बिहीबार हुनेछ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया