जजिराको जहाजमा चरा ठोक्किएको आशङ्का, प्राविधिक जाँच हुँदै

 जेठ ९, २०७९ सोमबार १४:२३:१५ | विमल बिष्ट
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको कुवेतको वायु सेवा कम्पनी जजिरा एअरवेजको जहाजमा आज सोमवार दिउँसो पौने २ बजे चरा ठोक्किएको आशङ्का गरिएको छ । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रवेश अधिकारीले अहिले त्यो जहाज त्यही विमानस्थलमा ग्राउण्डेड गरिएको बताउनुभयो । 
    
उहाँले भन्नुभयो, ‘जहाज सकुशल अवतरण भएको छ, जहाजमा ‘बर्ड स्ट्राइक’ भएको छ, जहाजमा केही रगतका छिटा जस्ता पनि देखिएका छन्, चरा भेटिएन, कतै चरा इन्जिनमा छिरेको आशङ्काले प्राविधिक टोली आएर जाँच गरेपछि जहाज उडाइनेछ ।’ यस विषयमा अहिले अनुसन्धान भइरहेको बताइएको छ । 

जजिराकाे जहाजमार्फत कुवेत हुँदै विभिन्न देश जान विमानस्थल पुगेका यात्रुलाई जहाज कम्पनीले होटलमा राखेको बताइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार त्यो जहाजमार्फत भैरहवा–कुवेत जाने यात्रुको सङ्ख्या ३८ छ । जजिराले यही जेठ २ गतेदेखि यस विमानस्थलबाट नियमित उडान सुरु गरेको हो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया