छत्रदेव गाउँपालिकाले ४० जनालाई कृषिमा डिप्लोमा पढाउने

 जेठ ९, २०७९ सोमबार १४:५०:१५ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधि शपथ ग्रहण गर्दै पदभार सम्हालेका छन् । 

मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठलाई शपथ ग्रहण गराउनुभयो, पछि अध्यक्षबाट पालिका उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यले शपथ ग्रहण गरे ।   

पदभार सम्हाल्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले प्रत्येक वर्ष ४० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा कृषि विषयमा डिप्लोमा अध्ययनको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै उहाँले गर्भवती, सुत्केरी र विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, न्यूनतम विद्युत् उपभोग गर्ने घरधुरीमा निःशुल्क विद्युतको व्यवस्था मिलाउने, वर्षमा कम्तीमा एक पटक निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने लगायतका प्रतिबद्धता पनि जनाउनुभयो ।  

गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथसहित पूर्व जनप्रतिनिधिको बिदाइ कार्यक्रम सँगै आयोजना गरिएको हो । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया