डोटीमा जीप दुर्घटना हुँदा आठ जना घाइते

 जेठ १३, २०७९ शुक्रबार १३:३२:२९ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको सायल गाउँपालिका–१ तेलपारामा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

सायलबाट दिपायलका लागि छुटेकाे सुदूरपश्चिम प्रदेश ०१-००१ ज १३९४ नम्बरको जीप आज बिहान दुर्घटनामा परेकाे हाे । 

दुर्घटनामा परि घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिनुभयाे । 

गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पताल लगिएको छ । अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जीपमा १४ जना रहेका प्रहरीले जनाएको छ।

जीप चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया