त्रियुगामा माछा मार्न गएका सदाको डुबेर ज्यान गयो

 असोज ६, २०७५ शनिबार ८:३३:१४ | उज्यालो सहकर्मी

सप्तरी –  सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ५, त्रियुगा खोलामा एक जनाको शव फेला परेको छ ।

कञ्चनरुप नगरपालिका वडा नम्बर ४ का ६५ वर्षीय झमेली सदाको घर नजिकैको त्रियुगा खोलामा माछा मार्न गएको बेला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया