सीमा बन्द गरेर सरकारले मधेसलाई नियन्त्रणमा लिन खोजेको आरोप

 असोज ६, २०७५ शनिबार ९:३५:३४ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – मधेसलाई नियन्त्रणमा लिनका लागि खुल्ला सीमालाई सरकारले बन्द गर्न खोजेको एक कार्यक्रमका सहभागीहरुले आरोप लगाएका छन । 

नेपाल–भारत खुला सीमा सम्वाद समूहद्वारा राजविराजको जिल्ला समन्वय समितिको हल राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो आरोप लगाएका हुन् ।  

कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले नेपाल र भारतबीचको बेटीरोटीको सम्बन्धलाई थप प्रगाढ बनाउनुको साटो सम्बन्धमा बाधा पुर्याउने काम भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयो । नेपाल–भारतको सम्बन्ध सीमारहित रहेकोले विपतको बेलामा एक आपसमा सहयोगको लागि तारबारको औचित्य नरहेको बताउँदै उहाँले भन्नुभयो, ‘तारबार लगाउने काम हामीहरुका लागि कदापि मान्य हुँदैन ।’

कार्यक्रममा इतिहासविद् डा. पिताम्वर यादवले दुवै देशबीचको धर्म संस्कृतिप्रति मधेसमै प्रतिबन्ध लगाउने काम भइरहेको बताउनुभयो । मेचीदेखि महाकालीसम्मका जनतालाई यसको वास्तविक कुरालाई बुझाउन अभियान सञ्चालन गर्नु पर्ने बताउँदै संसदसम्म पुर्याउनुको विकल्प नरहेको बताउुनभयो ।

राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य तथा प्राध्यापक अमरकान्त झाले सीमामा बोर्डर सिल गर्नुभन्दा दुवै देशको भावनालाई बुझेर यसलाई सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्वाद कार्यक्रममा भारत बिहार कुनौली प्रखण्डका मुिखया सत्यनारायण रजक तथा निर्मली प्रखण्डका पूर्व मुखिया अरबिन्द गुप्ता नेपाल–भारतको सीमावर्ती क्षेत्रमा हुने तस्करी र आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने भारत सरकारको नीति भएको बताउनुभयो ।

अन्तिम अपडेट: चैत ६, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

4 Comments

  • Nagendra prasad acharya

    Sept. 22, 2018, 10:32 p.m.

    देशद्राेहि नेपाली सेना हैन नेपाल सरकार नै हाे|

  •  0 Reply
  • Swabhima Sapkota

    Sept. 22, 2018, 5:04 p.m.

    जननी नेपाल संग के दुस्मनी छ भन्ने त मलाई जानकारी छैन तर यस्ता झड्केला सन्तति हरु नेपालले केरुङ्ग - काठमाडौँ रेल , निजगढ विमानस्थल , नेपाल- चिन पारवहन सम्झौता , नेपाली सीमामा नेपाली सेना, छाडा सिमा नियमन जस्ता विभिन्न राष्ट्रिय हितका कुरा उठाउदा चर्को बिरोध गर्छन / हिजो नागरिकता पाएकालाई आज छुटै देश र आज नागरिकता लिएका बिदेशी हरुलाई प्रधानमन्त्रीको कुर्ची चाहिएको छ / अर्काले दिएको कलो खाएर आफ्नै मुलुक बिरुद्द खनिने देशद्रोही हरुले एउटै विकुल फुकेका छन् / “ संबिधानले विभेद गर्यो ,संबिधान ले विभेद गर्यो , संबिधानले विभेद गर्यो “ कहाँ र के कारण विभेद गर्यो यिनीहरु भन्दैनन / तराईका भुमिपुत्र हरुलाई संबिधानको कुन धाराले विभेद गरेको छ ? सिके लाल जस्ता जुका हरु मोटाउनुको मुख्य कारण नालायक नेपाली सेना हो / करिब २०० बर्ष देखि सेनाले राष्ट्रिय सुरक्षामा कुनै योगदान गरेको छैन / #देशद्रोही #नेपाली_सेना

  •  0 Reply
  • Jiban sijapati magar

    Sept. 22, 2018, 10:24 a.m.

    नेपाल र भारतको सम्बन्ध चेलि रोटीको जस्तो हो, तर यसमा दुबै देशले अन्तर्राष्ट्रिय नियमको पालना गर्नुपर्छ ताकि सिमावासि जनतालाई दुःख नहोस्

  •  0 Reply
  • जग मान लिम्बु

    Sept. 22, 2018, 10:07 a.m.

    तिमि हरु नेपाल मा हुँदै नभएको हाम्रो तराई लाई माहाभारत काल को मगध देस लाई आज मधेस भनेर अलग गर्न खोज्ने सि के अनि भारत लाई प्रभु देख्ने नेपाल को सरकारी तलब भत्ता खाने राजेन्द्र महतो , महन्त ठाकुर , अ्मलेस कुमार जस्ता लाई तराई भाग मा आफ्नो नेता मान्छोउ भने बिहारी स्याल हरु रोक्न नेपाल ले सिमा सिल गर्नै पर्छ ,1 अर्व बढी जनसंख्या भएका भारतिय आप्रवासी हरुको प्रवेश ले तराई मा मधेस गनायेको हो

  •  0 Reply

तपाईको प्रतिक्रिया