मनाङ एयरको हेलिकप्टर सिमकोटमा

 असोज ९, २०७५ मंगलबार १५:१४:३९ | रासस
unn.prixa.net

हुम्ला – उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको हेलिकप्टर सिमकोट ल्याई पुर्‍याइएको छ । 

मनाङको ‘९ एन–एएमभी’ कलसाइन भएको ६ सिटे  ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई मंगलबार श्री एयरको ठूलो हेलिकप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो ।

गएको साउन २९ गते हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको पछाडिको पङ्खाले लागेर एक भारतीयको घटनास्थलमै ज्यान गएपछि प्राधिकरणले मनाङको उडानमा प्रतिबन्ध लगाएको थियो । 

प्राधिकरणले उडान प्रतिबन्ध लगाएपछि हिल्साको हेलिप्याडमै राखिएको हेलिकप्टर डेढ महीनापछि जिल्ला सदरमुकाम सिमकोट ल्याइएको सिमकोट विमानस्थलका निमित्त प्रमुख किरण दाहालले जानकारी दिनुभयो ।

पछाडिको पङ्खाले लागेर मुम्बइका ४२ वर्षीय नगेन्द्रकुमार कात्तिक मेहताको घटनास्थलमै ज्यान गएको थियो । 

यसअघि प्रतिबन्धित मनाङ एयर भएकाेमा सच्याइएकाे छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया