बझाङमा गाँजा खेती नष्ट गर्दै प्रहरी : ३ वर्षमा १२० केजी चरेससहित १९ जना पक्राउ, ५ जना फरार

 भदौ ५, २०७९ आइतबार १४:१४:५८ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न ठाउँमा चरेस र भाँगो उत्पादनका लागि लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान सुरु गरेको छ।

 गाँजा खेतीबाट चरेस, गाँजा, उत्पादन हुने भएका कारण खेतबारीमा लगाइएको खेती र विभिन्न ठाउँमा आफैँ उम्रिएको गाँजा नष्ट गर्न सुरु गरिएको हो। 

जिल्लाको विथ्थडचिर गाउँपालिका, थलारा गाउँपालिका, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिका, केदार स्युँ गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका लगायतका पालिकाहरुमा लगाएको र आफैँ उम्रिएको गाँजालाई प्रहरीको टोली, स्थानीय बासिन्दा तथा जनप्रतिनिधि मिलेर नष्ट गरेका हुन् । 

जिल्लाभरि आइतवारसम्म मात्रै झन्डै १० रोपनी जग्गामा उम्रिएको र लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

गाँजाबाट चरेस उत्पादन हुने भएका कारण चरेसलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यले आफैँ उत्पादन भएको र लगाएको गाँजालाई नष्ट गर्ने अभियान जिल्लाभरि सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनु भयाे । 

उहाँले भन्नुभयाे ‘बझाङमा लागुऔषधको मुख्य जग भनेको यही गाँजा नै रहेछ । यसलाई मात्रै नियन्त्रण गर्न सके लागुऔषधमा लागेका धेरै युवाहरुको भविष्य सुध्रिने र चरेस पैठारी गर्ने क्रममा सामान्य नागरिक फस्ने भएका कारण यसबाट सामान्य नागरिकहरु जोगाउनका लागि यो अभियान सुरु गरिएको हो। 

आर्थिक वर्ष २०७६/०७७ देखि आ.व २०७९/०८० को अहिलेसम्म लागुऔषध चरेससहित १५ जना पुरुष ४ जना महिला गरी १९ जना कारबाहीकाे दायरामा छन् भने ४ जना पुरुष १ जना महिला गरी ५ जना फरार रहेका र उनीहरुको खोजी भइरहेकाे डीएसपी भण्डारीले बताउनु भयाे । 

आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी ११ जना पुरुष २ जना महिलालाई प्रहरी प्रक्राउ गरेको छ भने १ जना पुरुष फरार रहेका प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।  उनीहरुबाट यस आ.व.मा ३९ केजी २ सय ३९ ग्राम चरेस बरामद गरिएको थियो । यस्तै आ.व. २०७७/०७८ मा २५ केजी ७ ग्राम ८१ मिलिग्रामसहित २ पुरुष १ महिलालाई प्रहरीले लागुऔषध चरेससहित पक्राउ गरेको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा २७ केजी ७८० ग्राम लागुऔषध चरेससहित १ महिला पक्राउ परेकी छिन् भने दुई जना पुरुष फरारको सूचीमा छन् ।अहिलेसम्म २७ केजी ७८० ग्राम चरेससहित २ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने एक महिला एक पुरुष फरारको सूचीमा रहेका भण्डारीले बताउनुभयाे । 

अहिलेसम्म जिल्ला प्रहरी कार्यालयले १२० केजी चरेस बरामदसहित नष्ट गरेको छ। बझाङको साइपाल गाउँपालिका, विथ्थडचिर गाउँपालिका, सुर्मा गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, बुङ्गल नगरपालिकाका माथिल्लो भेगहरुमा स्थानीय बासिन्दाले गाँजाको खेती नै गर्ने गरेको पाइन्छ। 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Labamani Rajbhandari

    Aug. 23, 2022, 8:48 p.m.

    विश्वमा गाजा बैध हुँदै राेपदै , नेपालमा गाजा रापेकाे फडानि गर्दै । गाजा फडानिकाे सट्टा चुराेट, खैनि, पान पराग, गुडका उत्पादन तथा बिक्रीमा राेक लगाउन आवश्यक रहेकाे छ / यी पदार्थ खायेर संसारमा लाखाै जनता क्यान्सरको सिकार भएका छन् । जुन नेपाल सरकारले देख्दै देख्दैन । गाजा बाट ५० हजार भन्दा बढी किसिमकाे बस्तु, आषधि , खाध्यान आदि बन्छ। जसले गर्दा विदेशमा गाजा राेप्न थालियाे ।तर हाम्रो नेताहरूकाे बुद्दि कहिले अाउने हाे थाहा छैन । अब सरकार बिरूद्द आन्दोलन गर्न जरूरी छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया