डोटीमा छात्रा क्रिकेट हुने, सेमिफाइनल र फाइनलमा खेलाडीले हातमा कालोपट्टी बाँध्ने

 असोज ११, २०७५ बिहिबार १५:२४:२३ | विमल बिष्ट
unn.prixa.net

डोटी – असोज तेस्रो साता डोटीमा जिल्लास्तरीय छात्रा क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ । 

पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको राजपुरस्थित सुजङ माध्यमिक विद्यालयले बिहीबार दिपायलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता असोज १८ देखि २० सम्म चल्नेछ । क्रिकेट विकाससँगै महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको विद्यालयका निर्देशक नरेश बलायरले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रतियोगिताको सेमिफाइनल र फाइनलमा हातमा कालोपट्टी बाँधेर सांकेतिक रूपमा महिला हिंसाको विरोध गरिनेछ । प्रतियोगितामा आठ विद्यालयका १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेता टिमले खसी पुरस्कार पाउने छ ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया