‘फिल्म छोडेर ठेला चलाउन सुरु गर्नू’ भन्ने ट्रोलरलार्इ अभिषेक बच्चनकाे दरिलाे जवाफ

 असोज ११, २०७५ बिहिबार १६:१३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडका महानायक अमिताभ बच्चनका छोरा अनिभेता अभिषेक बच्चनद्वारा अभिनित फिल्म ‘मनमर्जियाँ’ केही दिनअघि रिलिज भएको थियो । 

अभिषेकले २ वर्षपछि ‘मनमर्जियाँ’ बाट बलिउडमा कमब्याक गरेका हुन । तर फिल्मले बक्स अफिसमा अपेक्षा गरे अनुरुपको व्यापार गर्न सकेन । 
फिल्म फ्लप भएलगत्तै सामाजिक सञ्जालमा अभिषेकलाई ट्रोल गर्न सुरु गरिएको छ । 

ट्वीटरमा एक यूजरले अभिषेकको खिल्ली उडाउँदै लेखे, ‘मनमर्जियाँ’ फ्लप भएको छ । यस पटक फेरि अभिषेक बच्चनले आफू राम्रोभन्दा राम्रो फिल्मलाई पनि फ्लप बनाउन निकै अब्बल छन् भन्ने देखाइदिएका छन् । नातावादको अत्यको समय आइसकेको छ । अब समय आइसकेको छ कि स्टार का स्टार किडहरुले ठेलामा बडापाव बेच्न सुरु गर्नुपर्छ । सुपर हिट फिल्म ‘स्त्री’ ले सहि क्षमताको प्रमाण दिएको छ ।’  

यो सब कुरा देखिसकेपछि अभिनेता अभिषेकले पनि ती व्यक्तिलाई कडा जवाफ फर्काएका छन् । उनले लेखेका छन्, ‘म सम्मानका साथ तपार्इंलाई भन्न चाहन्छु कि यस किसिमको कमेन्ट गर्नुअघि तपार्इंजस्ता ठूला डाक्टरले सत्य तथ्यलाई राम्ररी पढेर मात्रै लेख्नुपथ्र्यो । म आशा गर्छु कि तपाई आफ्ना बिरामीहरुको उपचार गर्नुअघि पनि यही गर्नुहुन्थ्यो होला । तपाईले यो ट्वीट गरेर आफ्नो बेइज्जत गर्नुअघि फिल्मको इकोनोमी राम्ररी बुझ्नु आवश्यक छ ।’ 


अभिषेकलाई यसरी ट्रोल गर्ने व्यक्ति एक डाक्टर हुन । अभिषेकले फेरि अर्को ट्वीट गर्दै लेखे, ‘म तपाईंको जानकारीका लागि यो भन्न चाहन्छु (विश्वास छ यस कुरामा बडापाव व्यापारी पनि सहमत हुनुहुन्छ) ठेलामा बडापाव बेच्ने व्यक्तिहरुको पनि आफ्नो इज्जत हुन्छ । यसलाई श्रमप्रतिको सम्मान पनि भनिन्छ । तपाईं यसरी अरुको पेशाको बेइज्जत गर्ने कोशिश नगर्नुहोस् । हामी सबै आफ्नो ठाउँमा राम्रो काम गरिरहेका छौं । ’
 

अभिषेक यति कुरा भनेर चुप लागेन् । उनले तेस्रो ट्वीट गर्दै भने, ‘र अन्त्यमा भन्न चाहन्छु, फिल्म ‘स्त्री’ मा दर्शकलाई भरपूर मनोरञ्जन गराइरहेका कलाकार मध्यकी एक स्टार किड नै हुन । तपाईँको दिन शुभ रहोस् । र आशा छ, अब तपाईँ फिल्म समीक्षक बन्ने कोशिश छोडेर एक असल डाक्टर बन्नका लागि मेहनत गर्नुहुनेछ ।’

अभिषेक बच्चनलाई फिल्ममा अभिनय छोड्न भन्दै ट्रोल गर्ने ती व्यक्तिलाई अभिषेकले आफ्नो कडा जवाफले चुप लगाइदिएका छन् । साथै उनले दिएको जवाफप्रति धेरैले सकारात्मक प्रतिक्रिया जनाइरहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Naresh Yadav.

    Sept. 27, 2018, 7:55 p.m.

    I want to give full support on the comment of juniorbachan ji. We all have to only concentrate on our work as duty and safe from -Ve view or demotive comment. Thanks

  •  0 Reply

तपाईको प्रतिक्रिया