४ वर्षदेखि अनमीकाे भरमा प्राथमिक स्वास्थ्य केन्द्र

 भदौ १३, २०७९ सोमबार १८:३५:६ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि अनमीको भरमा सञ्चालन भइरहेको छ । 

मैवाखोला २ तेम्बेमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी खाली भएपछि अनमीको भरमा चलेको हो । प्राथमिक केन्द्रमा कार्यरत डा. सर्विन्द्र मण्डल सामयोजनका कारण २०७६ सालमा सरुवा भएपछि चार वर्षदेखि डाक्टरविहीन बनेको मैवाखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फुर्बा शेर्पाले बताउनुभयो । त्यसयता अनमी सुनिता लिम्बुले प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गरिरहनु भएको शेर्पाले बताउनुभयो । 

चार वर्षदेखि निमित्त प्रमुख भएर काम गरिरहनु भएकी अनिता लिम्बुले स्वास्थ्य केन्द्रमा मोबाइलमा टावर नआउने गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले सबै ठाउँमा अनलाइनको व्यवस्था छ तर यहाँ मोबाइलसम्म चल्दैन । इन्टरनेट नहुँदा तथ्याङ्क प्रविष्ट हुँदैन । अनि कसरी सेवा, सुविधा हुन्छ र डाक्टर आउँछन् ।’ 

डाक्टर नहुँदा पोस्टमार्टम गर्नुपर्ने शवलाई जिल्ला अस्पताल लैजानु पर्दा स्थानीवासी हैरान भएका छन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया