विद्युतीय गाडीको मेलामा सबैभन्दा बढी टाटाको नेक्सन ईभी बुकिङ

 असोज १०, २०७९ सोमबार ११:२२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको भृकुटीमण्डपमा चारदिनसम्म चलेको विद्युतीय गाडीको मेला हिजोदेखि सकिएको छ ।

मेला ४० हजार जनाले अवलोकन गरेका र विद्युतीय गाडीमा धेरैको आकर्षण देखिएको आयोजक अटोमोबाइल्स एसाेसिएशन अफ नेपाल नाडाले जनाएको छ । मेलामा सबैभन्दा बढी टाटाको नेक्सन ईभी बुकिङ भएको छ । नेक्सन ईभी मात्रै १ सय ३० वटा बुकिङ भएको हो ।

टाटापछि हुन्डाईको विद्युतीय गाडी धेरै बुकिङ भएको छ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा प्रतिबन्ध लगाएपछि नाडाले विद्युतीय गाडीको प्रदर्शनीको आयोजना गरेको हो । मेलामा ९ वटा ब्रान्डका विद्युतीय कार र १६ वटा ब्रान्डका विद्युतीय स्कुटर तथा बाइक राखिएकाे थियाे ।

बिक्रेताहरुले विद्युतीय गाडी बुकिङ गर्दा विभिन्न नगद छुटसहित आकर्षक अफरहरु समेत ल्याएका थिए । मेलामा ३० लाखदेखि २ करोड ४० लाख रुपैयाँसम्म पर्ने विद्युतीय गाडी र ६ लाख रुपैयाँसम्म पर्ने स्कुटर तथा बाइकहरु राखिएको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया