निर्मला पन्तको हत्यारा पत्ता लगाउन दबाब दिन नेवि संघद्वारा शैक्षिक संस्था बन्द

 असोज १५, २०७५ सोमबार १०:३६:४१ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – निर्मला पन्तको बलात्कार पछि हत्या भएको दुई महिनासम्म हत्यारा पत्ता लगाउन नसकेकोले दबाब दिन नेवि संघ कञ्चनपुरले सोमबार शैक्षिक संस्था बन्द गरेको छ । सरकारले घटानामा संलग्न दोषिलाई पत्ता लगाएर कारवाही गर्नुको साटो संरक्षण गरेको भन्दै नेवि संघ कञ्चनपुरले सोमबार शैक्षिक संस्था बन्द गरेको हो । 

सुदूरपश्चिम विश्वविद्यालयबाट नाराजुलुससहित निस्किएको विरोध र्‍यालीले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । निर्मलाको न्यायका लागि आफूहरुले विरोध र दबाबका कार्यक्रमलाई निरन्तरता दिने नेवि संघ कचनपुरका जिल्ला सदस्य किशोर प्रसाद जोशीले बताउनुभयो । 

यसअघि, अनुसन्धानका क्रममा प्रहरीले डीएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र मेयरका भतिजा आयुष विष्टको डिएनए रिपोर्ट ‘नेगेटिभ’ देखिएपछि स्थानीय अझ सशंकित बनेका छन् । 

यता, अधिकारकर्मीले समेत छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै रिले अनसनलाई जारी राखेका छन् । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया