बझाङमा जीप दुर्घटना हुँदा ५ जनाकाे ज्यान गयाे

 कात्तिक २, २०७९ बुधबार १७:३३:२० | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङको मष्टा गाउँपालिकामा आज बुधवार जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् ।  

चैनपुरबाट मष्टा गाउँपालिकाका लागि छुटेको जीप सडकबाट खस्दा पाँच जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले उज्यालोलाई जानकारी दिनुभयो । घाइते नौ जनामध्ये केहीको अवस्था गम्भीर रहेको पनि उहाँले बताउनुभयो ।

प्रहरी र स्थानीयवासीको समन्वयमा नौ जनालाई नै अस्पताल पुर्‍याएर उपचार चलिरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।  

तस्बिर : हरिचन्द्र बाेहरा

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया