बझाङमा जीप दुर्घटना : ६ जनाकाे ज्यान गयाे, १६ जना घाइते

 कात्तिक २, २०७९ बुधबार १८:४०:२६ | डीबी बिष्ट
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

बझाङ – बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । 

चैनपुरबाट मष्टा गाउँपालिकाका लागि छुटेको जीप दुर्घटना हुँदा ६ जनाकाे घटनास्थलमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयाे । उहाँका अनुसार ज्यान गुमाएकामध्ये चार जनाकाे परिचय खुलेकाे छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको ज्यान गएको हाे ।  

यस्तै दुर्घटनामा घाइते भएका १६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने काम भइरहेकाे सूचना अधिकारी अवस्थीले बताउनुभयाे । 

सु प प्र ०१–००१ च ११७ नम्बरको जीप तुफानडाँडामा दुर्घटनामा परेको थियो । जीप सडकबाट तल भिरमा खसेको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया