'ब्लास्टिङ' गरेर कर्णाली राजमार्ग खुलाइँदै

 कात्तिक ४, २०७९ शुक्रबार १३:३२:९ | नेत्र शाही
unn.prixa.net

जुम्ला – पहिरोका कारण बन्द भएको कर्णाली राजमार्ग खुलाउनका लागि नेपाली सेनाले ब्लास्टिङ थालेको छ । राजमार्गको नाग्मदेखि राचुली खण्डमा दुई दिन अघिदेखि नेपाली सेना र डिभिजन सडक कार्यालय जुम्लाको समन्वयमा सडकमा खसेका ठूला ढुङ्गाको ब्लास्टिङ सुरु गरिएको हो ।

नेपाली सेनाकाे नन्दाबक्स गणका गणपति रविन थापाका अनुसार अहिलेसम्म १० वटा ब्लास्टिङ गरिएको छ । नन्दा बक्स गणका उपसेनानी (क्याप्टेन) सन्तोष केसीको नेतृत्वमा ५० जना नेपाली सेनाको टिम यो क्षेत्रमा खटिएको गणपति थापाले जानकारी दिनुभयो ।

एक्स्काभेटरले उठाउन नसकिने ढुङ्गा भएकाले ब्लास्टिङ गर्नुपरेको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ । डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठका अनुसार अहिले पनि ब्लास्टिङ गर्ने काम तीव्ररूपमा भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अब भत्किएको सडकमा जाली भरेर पर्खाल बढाउने काम पनि सुरु गरिने छ । सबैभन्दा कठिन राचुलीबाट नाग्म खण्ड बनाउन सकियो भने कर्णाली राजमार्ग सञ्चालन हुने श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया