भारतीय भजन गायक अनुप जलोटाले गरे ३७ वर्ष कान्छी प्रेमिकासँग ब्रेकअप

 असोज १६, २०७५ मंगलबार १५:५१:५७ | एजेन्सी

अभिनेता सलमान खानको विवादित टेलिभिजन शो ‘बिग बोस सिजन १२’ मा भारतीय भजन गायक अनुप जलोटा र उनकी प्रेमिका जसलिन मथारुको जोडीको प्रवेश  भएसँगै चर्चामा छाएको थियो ।

गायक अनुप जलोटा र उनकी प्रेमिकाबीच ३७ वर्षको अन्तर रहेको छ । अनुप जलोटा ६५ वर्ष भए भने उनकी प्रेमिका २८ वर्षकी हुन् । 

तर बिग बोसको घरमा गएको महिना दिन नबित्दै अनुपले जसलिनसँगको सम्बन्ध तोडिदिएका छन । बिग बोसको घरमा दिइएको कार्य अन्र्तरगत अनुप जलोटाका लागि जसलिनले उनको कपाल छोट्याउनु पर्ने,  लुगा र मेकअपका सामग्री नष्ट गर्नुपर्ने शर्त राखिएको थियो । तर जसलिनले अनुपका लागि आफ्नो कपाल नछोट्याउने र लुगा र मेकअपका सामग्री नदिने बताएपछि अनुपले चित्त दुखाएका हुन् । 

आफू जसलिनका लागि ज्यान दिन पनि तयार रहेको तर जसलिनले आफूलाई भन्दा उनको कपाल, कपडा र मेकअपलाई माया गरेकाले अबदेखि उनी जसलिनका साथ नरहने निर्णय लिएका छन् । 

अनुप जलोटाले बिग बोस घरमा उपस्थित सम्पूर्ण सदस्य तथा क्यामेराको अगाडि यस कुराको घोषणा गरेका छन । साथै अबदेखि बिग बोसमा आफू एक्लै रहने र जसलिनसँगको सम्बन्धमा नरहने बताएका छन् । अहिले अनुप र जसलिनबीचको ब्रेकअपको खबर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । 


 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Omg ! 🙏😜😆 👉Do Follow @biggboss_12_ & Never miss un update . 👉Exclusive News & leakages only on @biggboss_12_ . To watch exclusive unseen video or update follow @biggboss_12_ . Exclusive News & Update only on @biggboss_12_ . Turn on post Notification for Exclusive Update . ⏩ Follow @biggboss_12_ . #biggboss12 #biggbosskhabri #biggboss #biggboss #biggboss11 #biggboss10 #beinghuman #salmankhan #sallu #colors #tv #salmankhan #vikasgupta #hinakhan #arshikhan #shilpashinde #luvtyagi #BB12 #bb10 #bb11 #follow #deepakthakur #urvashi #urvashivani #deepak #nehapendse #dipikakakar #karanvirbohra #nirmalsingh #shivashishmishra #jasleenmatharu #anupjalotalive

A post shared by Bigg Boss12 (BB12 Khabri) 🔵 (@biggboss_12_) on

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • goldiger

    Oct. 2, 2018, 4:47 p.m.

    gold digger

  •  0 Reply

तपाईको प्रतिक्रिया