अाजदेखि डीभी खुल्ने, कसरी भर्ने ? यस्ताे छ नियम

 असोज १७, २०७५ बुधबार ९:३७:० | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी)को आवेदन अाजदेखि खुल्नेछ । आज राति ९ः४५ बजेबाट सुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।

सन् २०२० को लागि डीभीको आवेदन दिन सकिने काठमाडौंस्थित नेपाली दूतावासले जनाएको छ । डीभी भर्न चाहनेले तोकिएको समयभित्र http://www.dvlottery.state.gov वेब साइटमा गएर डीभीका लागि आदेवन भर्न सक्नेछन् ।

यस्तै डीभी भर्दा २१ वर्षभन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु पर्ने दूतावासले जानकारी दिएको छ । डीभी फर्म एक पटकभन्दा धेरै समय नभर्न अमेरिकी दूतावासले आग्रह गरेको छ । 

यस्तै डीभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डीभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डीभी भरेमा त्यस्ता उम्मेदवार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ । डीभी भर्दा फोटो फारममा भनेअनुसारकै फोटो राख्नुपर्ने दूतावासले जनाएको छ ।

डीभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । पछि डीभी पर्‍यो कि परेन् भनेर चेक गर्न कन्फर्मेसन नम्बर अनिवार्य चाहिन्छ ।  तपाईंलाई डीभी पर्‍याे यो भन्दैमा अमेरिका पुगिहालिन्छ भनेर ढुक्क पनि नहुनु होला ।

तपाईँसँग भएका योग्यता तथा अमेरिकी आप्रवासी कानुन बमोजिको योग्य छ कि छैन यो सबै चेक गरेपछि मात्र अमेरिका पठाउने निर्णय दूतावासले गर्छ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना समेत दिनुपर्ने हुन्छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

11 Comments

  • Arun sah

    Oct. 8, 2018, 5:43 p.m.

    I love USA i will like to go Amirica

  •  0 Reply
  • Hikmat Bhandari

    Oct. 5, 2018, 10:50 a.m.

    कसरी भर्नु पर्ने सर ?

  •  0 Reply
  • Sarbin Kumar yadav

    Oct. 4, 2018, 2:42 p.m.

    I like to go American because it's a advance country to achieve all the desire.

  •  0 Reply
  • Bimlesh Kumar Yadav

    Oct. 4, 2018, 11:03 a.m.

    Best of LUCK DV lottery 2020

  •  0 Reply
  • Dipendra patel

    Oct. 4, 2018, 10:59 a.m.

    One most important country for development of moral

  •  0 Reply
  • santoshi yadav

    Oct. 4, 2018, 8:44 a.m.

    I love usa I will like go to amarica

  •  0 Reply
  • नबराज श्रेष्ठ

    Oct. 4, 2018, 3:33 a.m.

    केही भन्नु छैन /

  •  0 Reply
  • shib bahadur khadka

    Oct. 3, 2018, 1:26 p.m.

    अनलाइन डिभी कसरी भर्ने हो सर मिस ?

  •  0 Reply
  • सरोज थपलिया

    Oct. 3, 2018, 1:01 p.m.

    Due to a technical issue, the DV-2019 entry period that began on October 3 was closed. Entries submitted during October 3-10 are not valid and have been excluded from the system; they did not count as a duplicate entry. A new full entry period began at noon, Eastern Daylight Time on Wednesday October 18, 2017 and ran until noon Eastern Standard Time on Wednesday November 22, 2017. Only entries submitted during this period were accepted and considered for selection in the lottery. Please throw away any confirmation number or other documentation that you have if you submitted an entry during Oct. 3-10.

  •  0 Reply
  • Lal singh mahara

    Oct. 3, 2018, 12:45 p.m.

    I love the usa country

  •  0 Reply
  • Ram Chandra kandel

    Oct. 3, 2018, 12:27 p.m.

    Ok

  •  0 Reply

तपाईको प्रतिक्रिया