रुकुम पूर्वको प्रदेशसभा 'क' मा स्वतन्त्र उम्मेदवार पुन विजयी

 मंसिर ६, २०७९ मंगलबार २०:५४:३६ | राजु लामिछाने
unn.prixa.net

रुकुम – रुकुम पूर्वको प्रदेश सभा क्षेत्र क मा स्वतन्त्र उम्मेदवार सुरुल पुन मगर विजय हुनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका तेजबहादुर ओलीलाई पुनले पराजित गर्नुभएको हो ।

उहाँले बिजुलीको बल्ब चुनाव चिन्ह लिएर चुनाव लड्नु भएको थियो । ओली नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुनुहुन्छ भने पुन नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिका सदस्य हुनुहुन्थ्यो । स्वतन्त्र उम्मेद्वारी दिएपछि उहालाई पार्टीले कारबाही गरेको थियो ।

स्वतन्त्र उम्मेदवार पुनले चार हजार ४६५ मत प्राप्त गरेर विजय हुनु भएको छ । उहाँका निकटम प्रतिस्पर्धी ओलीले तीन हजार ९३२ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीच ५३३ मतान्तर रहेको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया