रुकुम पूर्वमा माओवादी केन्द्रका पूर्ण घर्ती विजयी

 मंसिर ७, २०७९ बुधबार १४:४४:४४ | राजु लामिछाने
unn.prixa.net

रुकुम – रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएका माओवादी केन्द्रका पूर्ण घर्ती मगर विजयी हुनुभएको छ ।

उहाँ १२ हजार २६२ मतसहित विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाश कुमार मल्ले ५ हजार २११ मत ल्याउनु भएको छ ।

स्वतन्त्र तर्फबाट उम्मेदवार हुनुभएका चन्द्रराज झाँक्रीले ८ सय ९६, राप्रपाका खिमबहादुर खत्रीले ५ सय ८६, मङ्गोल नेशनल अर्गनाइजेसनका रतनबहादुर बुढाले ४ सय ६४ र नेशनलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढाले ३०३ मत प्राप्त गर्नुभएको छ । 

रुकुम पूर्वमा जम्मा ३४ हजार १ सय १२ मतदाता रहेकोमा  २१ हजार ९० मा मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार १० हजार १ सय ८७ पुरुष र १० हजार ९ सय ३ जना महिलाले मतदान गरेका थिए।  

अहिले प्रतिनिधि सभा सदस्यमा निर्वाचित घर्ती २०७४ सालको प्रदेशसभाको निर्वाचनमा विजयी भई पाँच वर्षको कार्यकालमा लुम्बिनी प्रदेशको सभामुखको भूमिकामा रहनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया