सर्लाही-१ मा लोसपाका रामप्रकाश चौधरी विजयी

 मंसिर ८, २०७९ बिहिबार ११:५५:२९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाही क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका रामप्रकाश चौधरी विजयी हुनुभएको छ ।

चौधरीले निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई  ६ हजार ४ सय ३४ मतले पछि पर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

चौधरीले २४ हजार ८ सय ३८ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिस्पर्धी खड्काले १८ हजार ४ सय ४ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाका उम्मेदवार प्रमोद साह तेस्रो स्थानमा हुनुहुन्छ। साह त्यसै क्षेत्रका निवर्तमान संसद् हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया