रुकुम पश्चिम प्रदेश सभा (क) बाट माओवादीका महेन्द्र केसी विजयी

 मंसिर ९, २०७९ शुक्रबार ७:३५:४६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - पश्चिम प्रदेश सभा (क) मा माओवादी केन्द्रका महेन्द्र केसी विजयी हुनुभएको छ । केसी १९ हजार ३३ मत ल्याएर विजयी हुनुभएको हो । 

उहाँका निकतम् प्रतिस्पर्धी नेकपा एमालेका नारायण कुमार शाहले आठ हजार ८१ मत ल्याउनुभएको छ । १० हजार ९५२ मतान्तरले केसी विजयी हुनुभएको हो । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद कुमार शाहले एक हजार ११ मत प्राप्त गर्नुभएको छ । 

केसी बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुनुहुन्थ्यो ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया