भोजपुरमा ग्यासको मूल्य घट्यो

 असोज १९, २०७५ शुक्रबार १५:१६:५५ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भोजपुर – भोजपुर–लेगुवा सडक खण्डको भाडासँगै ग्यासको मूल्य घटाइएको छ ।

चाडबाड नजिकिएसँगै भोजपुरका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तर उन्नती भएसँगै भाडा एक सय रुपैयाँ घटाएको हो ।

छैसठ्ठी किलोमिटरको त्यो सडक खण्डमा यात्रुले पाँच सय रुपैयाँ तिर्दै आएका थिए । त्यस्तै यही असोज २४ गतेदेखि लागू हुने गरी ग्यासको मूल्यमा प्रतिसिलिण्डर ७५ रुपैयाँ घटाइएको छ । 

व्यवसायीले ग्यास प्रतिसिलिन्डर १८ सय ७५ रुपैयाँमा बेच्दै आएकामा एक हजार ८ सय रुपैयाँमा झारिएको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लामा बेलुका ८ बजेपछि रक्सी–जाँड बिक्रीवितरणमा समेत रोक लगाइएको छ । ट्याक्सीको भाडाका विषयमा भने एक साताभित्र पुनः बैठक बसेर निष्कर्ष निकालिने जनाइएको छ । 


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया