मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई सुतेकै अवस्थामा  मृत फेला

 मंसिर १७, २०७९ शनिबार १३:१९:५८ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई सुतेकै कटेजमा  मृत अवस्थामा  फेला पर्नुभएको छ । सर्लाहीको  लालबन्दी नगरपालिका -१३, पत्थरकोटमा रहेको होलिडे  रिसोर्टको कटेजमा उहाँको शव शनिबार बिहान  मृत अवस्थामा  भेटिएको हो ।

नेपाल पत्रकार महासङ्घ सर्लाहीको ११ औँ वार्षिक साधारण सभामा सहभागी हुन भट्टराई शुक्रबार राति सर्लाही आइपुग्नु भएको थियो ।  सप्तरी सदरमुकाम राजविराज घर भएका  ६७ वर्षीय भट्टराई शुक्रबार  बेलुका खाना खाएर  कटेजमा सुत्न जानुभएका थियो।  मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने तयारी भइरहेको  प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो । 

भट्टराईको निधनपछि नेपाल पत्रकार महासंघ सर्लाहीको  साधारण सभा स्थगित गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले जानकारी दिनुभयो  । भट्टराई लामो समयदेखि  पत्रकारीता क्षेत्रमा  सकृय हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया