फलाखु खोला जलविद्युत आयोजना निर्माण सुरु

 असोज २०, २०७५ शनिबार १४:२८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिकामा १३.७ मेगावाटको फलाखु खोला जलविुद्यत आयोजनाको निर्माण कार्य सुरु भएको छ ।

चोङकिङ वाटर टर्वाइन बक्स एण्ड कम्पनी लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको २०६९ चैत ६ गते पीपीए भएको थियो । २०७३ साउन १६ गते निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाइए पनि समयमै निर्माण कार्य सुरु नभएपछि म्याद थपिएको थियो । थपिएको म्याद सकिन चार महिना मात्रै बाँकी छ । थपिएको म्याद अनुसार आउँदो माघ १ गतेभित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।

आयोजनाले अहिलेसम्म जग्गा अधिग्रहण, लाइन निर्माण, बाटो निर्माण र क्याम्प निर्माण लगायतका कार्य सम्पन्न गरेको बेत्रावती हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष अनिल जोशीले बताउनुभयो । निर्माणस्थलसम्म लाइन निर्माण गरिएको उहाँले बताउनुभयो । यो आयोजना निर्माण सुरु भएको २६ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

यार्सामा हेडबक्स रहने आयोजनाको घिचेतमा पावर हाउस रहनेछ । आयोजनाको लागत दुई अर्ब ४० करोड रहेको छ । दुई हजार तीन सय मिटर टनेल र एक हजार आठ सय मिटर पेनस्टक रहने आयोजनाले जनाएको छ । 

उत्पादित विद्युत त्रिशुली थ्री बी हबमा जोडिने छ । आयोजनाले १४ किलोमिटर प्रशारण लाइन निर्माण गर्नु पर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया