अनुगमन समितिले दिएकाे सुझाव नमान्ने धादिङका तीन होटललाई जरिबाना

 पुस ३, २०७९ आइतबार १०:१२:४९ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - जिल्ला अनुगमन समिति धादिङले पृथ्वीराजमार्ग क्षेत्रका तीन होटललाई जरिबाना तिराएकाे छ । अनुगमनका समयमा दिएकाे सुझाव नमानेकाे भन्दै समितिले कारबाही स्वरुप जरिबाना तिराएकाे हाे । 

गल्छी गाउँपालिका वडा नम्बर ७ भल्टारमा रहेको जुनतारा रेष्टुरेन्टलाई १५ हजार, होटल लुम्बिनीलाई १५ हजार र जाल्पा रिसोर्ट  एन्ड स्टाफ भोजनालयलाई २० हजार रुपैयाँ जरिबाना तिराइएकाे जिल्ला अनुगमन समितिका संयोजक राजन घिमिरेले जानकारी दिनुभयो ।

बजार अनुगमन टोलीले पटक पटक दिएको  सुझाव र निर्देशन पालना नगरेको, होटलका भान्सा सफा नरहेकाे, म्याद नाघेका सामानहरु बिक्री गर्न राखिएको पाइएकाले कारबाही गरिएको घिमिरेले बताउनुभयो । म्याद नाघेका सामानहरु बरामद गरी नष्ट समेत गरिएको छ।

जिल्ला अनुगमन समितिले नियमितरुपमा बजार अनुगमन गर्दै आए पनि राजमार्गक्षेत्रका होटलहरुले दिइएको निर्देशन पालना नगरि अटेर गरेकाे, बढी मूल्य लिने गरेको, सरसफाइमा ध्यान नदिएको गुनासाे नागरिकले गर्दै आएका छन्। 

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया