आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
भोजपुर – भोजपर सदरमुकाममा वडा सदस्यको घरमा आगालगी भएको छ ।
भोजपुर नगरपालिका वडा नं. ७ च्याङ्गवेनी चोकमा रहेको वडाध्यक्ष जयबहादुर तामाङको घरमा रहेको केएफसी होटलमा भान्सको ग्यास लिक भएर आगालागी भएको प्रहरीले जनाएको छ ।
घरमा सञ्चालित केएफसी होटलबाट सुरु भएको आगो झण्डै आधा घण्टापछि स्थानीयवासीसँगै प्रहरी र नेपाली सेनाको प्रयासमा निभाइएको थियो ।
आगालागीबाट केएफसी होटलसँगै अर्को एक किराना पसलको सबै सामान जलेर नष्ट भएको छ । आगालगीबाट मानवीय क्षति भने नभएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।