लुम्बिनी म्याराथन बोधगयामा हुने

 असोज २१, २०७५ आइतबार २०:२८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

लुम्बिनीमा वार्षिक रुपमा आयोजना हुँदै आएको लुम्बिनी शान्ति म्याराथन सन् २०२० मा भगवान बुद्धले बुद्धत्व प्राप्त गरेको स्थल बोधगयामा हुने भएको छ ।

बोधगयामा यो म्याराथन बोधगया एनलाइटेन्मेन्ट म्याराथनका रुपमा  सेप्टेम्बरको पूर्णिमाका दिन आयोजना हुनेछ । भारतको नयाँदिल्लीमा भएको ग्लोबल रिलिजियस टुरिजम डाइलगमा लुम्बिनी शान्ति म्याराथनका परिकल्पनाकर बिक्रम पाँडेकाजीले बोधगयामा म्याराथन गर्ने घोषणा गर्नुभएको हो ।

‘लुम्बिनी शान्ति म्याराथनको तीन संस्करण सफलतापूर्वक संचालन हुँदै गर्दा यो शान्ति म्याराथन बोधगया प्रवेश गर्नलागेको हो’ पाँडेले भन्नुभयो ‘सिद्धार्थ गौतमले आफ्नो दरबारको राजकीय जीवन परित्याग गरेर मुक्तिको खोजिमा बोधगया गएकै झल्को आउने गरि यो म्याराथन हुने छ ।’

लुम्बिनी शान्ति म्याराथनले बोधगयामा आध्यात्मिक खेलको प्रवेश गराउन लागेको दावी उहाँले गर्नुभयो । 

भारतीय पर्यटन मन्त्री अल्फोन्स कन्नाथानमले बोधगया म्याराथनमार्फत बोधगयालाई लुम्बिनीसँग जोड्ने अवधारणाबाट आफू प्रभावित भएको बताउनुभयो ।

म्याराथन मार्गले बोधगयाका बौद्ध सम्पदास्थल जस्तै ८२ फिटको बुद्ध मुर्ति, माहाकाला गुफा, सेनानी गाउँ, सुजाता मन्दिर, माहाबोधि स्तुप लगायतलाइ समेट्नेछ ।


 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया