आजदेखि पर्सिसम्म विभिन्न १२ ठाउँमा टाटाको मेगा सर्भिस क्याम्प

 पुस १०, २०७९ आइतबार १३:२५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टाटा मोटर्सका लागि नेपालकाे आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले आज आइतवारदेखि पर्सि मङ्गलवारसम्म १२ वटा ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको आयोजना गर्ने भएकाे छ।

सिप्रदीले काठमाण्डौ उपत्यकाकाभित्र  बागडोल, बालकुमारी, सोल्टीमोड र उपत्यका बाहिर पोखरा, इटहरी, मेची, वीरगञ्ज , ढल्केबर, हेटौँडा, धनगढी र नेपालगञ्जमा क्याम्पकाे आयाेजना गर्ने भएकाे हाे । 

यस क्याम्पमा टाटाका प्यासेन्जर श्रेणीका गाडीहरुको जाँच गरिने सिप्रदीले जनाएकाे छ । यस्तो  जाँच गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवम् अन्य सुविधाहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । 

म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको  खरिदमा क्रमश :  १८, १५ र १८  प्रतिशत छुट लगायत टप वाशिङ् , कम्प्युटर डायग्नोसिस,  सस्पेन्सन चेक-अप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि  नि:शुल्क प्रदान गरिने सिप्रदीले जनाएकाे छ ।  साथै क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेज अन्तर्गत ४ हजार रुपैयाँसम्म नगद फिर्ताको पनि व्यवस्था छ। 

टाटाका प्यासेन्जर श्रेणीका गाडी चलाउने ग्राहकहरुलाई सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गर्न लागिएको कम्पनीकाे दाबी छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया