सर्लाहीकाे हरिपुरमा निजी जग्गामा जनमत पार्टीका कार्यकर्ताले कालाे झन्डा गाडे

 पुस १४, २०७९ बिहिबार १९:५५:० | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका १ मा रहेको १० कट्ठा निजी जग्गा जनमत पार्टी नेपालका कार्यकर्ताले कालो झण्डा गाडेर कब्जा गरेका छन् । 

आज बिहीबार दिउँसो जनमत पार्टीका जिल्ला नेता त्रिभुवन सिंहको नेतृत्वमा आएका कार्यकर्ताले बरहथवा नगरपालिका ९ घर भएका निर्मला मैनाली पन्तको नाममा रहेको १० कट्ठा जग्गा कब्जा गरेकाे हो । मैनालीले स्थानीय उमादेवी महतोलाई झुक्याएर १० कट्ठा जग्गा आफ्नो नाममा नामसारी पास गरेकाले जग्गा कब्जा गरेको जनमत पार्टीका जिल्ला नेता सिंहले दाबी गर्नुभयो । महतोको नाममा रहेको १० कट्ठा जग्गा चलनचल्तीको मूल्यमा २०७८ सालमा खरिद गरेको  मैनालीको भनाइ छ ।  

जनमत पार्टीले विना जानकारी आफ्नो नाममा रहेको १० कट्ठा जग्गामा कब्जा गरेर आफूमाथि अन्याय गरेको मैनालीले बताउनुभयो । मैनालीले त्याे जग्गा २०७८ सालदेखि नै भोगचलन गर्दै आएको स्थानीयवासीले बताएका छन् । 

यसबारेमा प्रहरीलाई कुनै दल वा समूहले जग्गा कब्जा गरेको भनेर जानकारी नआएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया