सेनाको शिविरबाट दुई सय ४२ जनाले लिए स्वास्थ्य सेवा

 पुस २७, २०७९ बुधबार ९:१३:७ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीमा नेपाली सेनाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ४२ जनाले सेवा लिएका छन् । 

डोटीको सिलगढीमा रहेको भैरबप्रसाद गणको आयोजनामा शिखर नगरपालिका-११ बारपाटामा गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ७८ जना पुरुष, एक सय ४७ जना महिला र १७ जना बालबालिका गरि जम्मा दुई सय ४२ जनाले सेवा लिएका हुन् ।

शिविरमा उपचारका लागि आएका बिरामीहरुलाई निःशुल्क रुपमा औषधिसमेत वितरण गरिएको भैरवप्रसाद गणका गणपति जनमतबहादुर कार्कीले जानकारी दिनुभयो । 

बारपाटामा सहजै सडक तथा स्वास्थ्यको पहुँच नभएको र आर्थिक स्थिति कमजोर भएका स्थानीयवासीलाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको कार्कीले बताउनुभयो । शिविरमा रुघा, खोकी, ज्वरो, पेटको अल्सर, हातखुट्टा तथा जोर्नी, बल्ड प्रेसर, सुगर र महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी रोगहरुबारे समेत उपचार गरिएको थियो ।

सैनिक श्रीमती संघ, श्री नं. ५ फिल्ड एम्बुलेन्स गुल्म राजपुर, जिल्ला अस्पताल डोटी, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला डिभिजन वन कार्यालय, कृषि ज्ञान केन्द्र, नेपाल परिवार नियोजन शाखा कार्यालय डोटीको सहकार्यमा एक दिने स्वास्थ्य शिविर सञ्चालन भएको हो ।


 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया