बाग्मती प्रदेशको उपसभामुखमा एमालेकी अप्सरा चापागाईं निर्वाचित

 माघ २, २०७९ सोमबार १८:२२:२३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेश सभाकोे उपसभामुखमा नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित हुनुभएको छ । तीन जनाको प्रतिस्पर्धामा उहाँ निर्वाचित हुनुभएको हो ।

आज साेमवार दिउँसो प्रदेश सभामा भएको उपसभामुखको निर्वाचनमा चापागाईंले एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदसमेतको गरी ६१ मत प्राप्त गर्नुभयो । उहाँको विपक्षमा ३९ सांसदले मतदान गरे भने र सात सांसद तटस्थ रहे । मतदानका क्रममा एक सय आठ जना सांसद उपस्थित थिए ।

एमालेकी चापागाईंकाे प्रस्तावकमा माओवादीकी सांसद कुमारी मोक्तान र समर्थकमा आशा लामा रहनुभएकाे थियाे । चापागाईंकाे प्रतिस्पर्धी नेपाली कांग्रेसकी सोना परियार र नेपाल मजदुर किसान पार्टीकी रीता काफ्ले हुनुहुन्थ्याे ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भोलि मङ्गलवार सदनबाट विश्वासको मत लिँदै हुनुहुन्छ । त्यसअघि सबै प्रक्रिया टुङ्गिनेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया