बागमती प्रदेश सभाबाट ५ वटा अध्यादेश स्वीकृत

 माघ २, २०७९ सोमबार २०:१५:३५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेशमा अघिल्लो सरकारले ल्याएका पाँच वटा अध्यादेश प्रदेश सभाबाट स्वीकृत भएको छ । यसअघि राजेन्द्र पाण्डे नेतृत्वको सरकारले ल्याएका पाँच वटा अध्यादेश आज साेमवार प्रदेश सभाबाट स्वीकृत गरिएको हो । 

आजको प्रदेश सभा बैठकमा सभामुख भुवन पाठकले अध्यादेश पेस गर्नका लागि आग्रह गरेपछि प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेस गरेका पाँच वटा अध्यादेश सर्वसम्मत स्वीकृत भएको हो । प्रदेश सभाबाट प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश २०७९ सर्वसम्मत स्वीकृत भएको छ ।

पाण्डे नेतृत्वको सरकारले संसद् छलेर आफ्नो अनुकूल ल्याएका अध्यादेशलाई अहिलेको सरकारले पनि स्वीकृत गरेको हो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया