डोटीमा पनि दादुरा देखियो, एक बालकमा सङ्क्रमण

 माघ १०, २०७९ मंगलबार १०:७:५८ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको केआईसिंह गाउँपालिका–४ चैनकेसैन गाउँमा आएका एक बालकमा दादुराको सङ्क्रमण देखिएपछि स्वास्थ्य संस्थाले अन्य सङ्क्रमितको खोजी गर्न थालेको छ । दादुरा सङ्क्रमित बालक भेटिएपछि अन्य बालबालिकामा पनि सरेकाे हुन सक्ने आशङ्कामा वडा तथा गाउँभरीमा निगरानी थालिएको दुर्गामाण्डौ स्वास्थ्य चौकीले जनाएको हाे । 

कैलालीको गौरीगंगाका १८ महिने बालक डोटीमा रहेका आफन्तको घरमा आएका र उनमा दादुराको लक्षण देखिएकाे स्वास्थ्य चौकीले जनाएकाे छ । पुस २९ गते बालककाे रगत नमुना परीक्षणका लागि धनगढी पठाइएकोमा आइतवार दादुरा पुष्टि भएको केआईसिंह गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवीन माझीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दादुराको रिपोर्ट पोजेटिभ आएपछि हामीले बालकको खोजी गर्यौँ, बालक माघ १ गते नै कैलाली फर्किसकेका रहेछन्, अन्यमा पनि दादुरा सरेको छ कि भन्नेर खोजी गर्दैछौँ ।’

बालकमा दादुरा पुष्टि भएपछि उनी बसेकाे घर वरपर र छरछिमेकमा अन्य सङ्क्रमित भए नभएकाे खोजी भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् । दादुरा सरुवा रोग भएका कारण अन्य बालबालिकमा पनि लक्षण देखिएको छ कि भनेर निगरानी बढाइएको स्वास्थ्य शाखा संयोजक माझीले बताउनु भयाे। उहाँका अनुसार अहिलेसम्म त्यस्तो लक्षण कसैमा देखिएको छैन ।  

दादुरा पुष्टि भएका बालकलाई दादुरा विरुद्धको खोप लगाइएको आफन्तले जानकारी दिएका बताइएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया